नियम १५
विवरण बदल्न सक्ने

१५. विवरण बदल्न सक्नेः

(१) कसैले इजाजतपत्र तथा अनुमतिपत्रमा उल्लेखित कुनै विवरण बदल्न चाहेमा पाँचसय रूपैयाँ दस्तुर सहित अनुसूची–७ बमोजिमको ढाँचामा मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ।

स्पष्टीकरण ः यस नियमको प्रयोजनको लागि “विवरण” भन्नाले इजाजतपत्र वा अनुमतिपत्रमा उल्लिखित नाम, थर, ठेगाना जस्ता सामान्य विवरण सम्झनु पर्छ ।

(२) उपनियम (१) बमोजिम विवरण बदल्न दिएको निवेदनको व्यहोरा मुनासिब देखिएमा मन्त्रालयले निवेदन बमोजिमको विवरण बदल्न सक्नेछ ।